धादिङमा सुख्खा पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ।
सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय सवारीसाधन आवागमन प्रभावित बनेको थियो।
सम्बन्धित निकाय तथा सुरक्षाकर्मीको समन्वयमा पहिरो हटाएपछि सडक पूर्ण रूपमा खुलाइएको हो। हाल पृथ्वी राजमार्गमा दुवैतर्फ सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहेका छन्।

