ताप्लेजुङमा प्रेसर कुकर पड्किँदा वृद्धा घाइते
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङमा प्रेसर कुकर पड्किँदा ७९ वर्षीया मनमाया सुनुवार घाइते हुनुभएको छ।
बुधबार बिहान दाल पकाउने क्रममा कुकरको सिट्ठी बन्द भएपछि मिलाउने क्रममा अचानक कुकर पड्किएको हो। घटनामा सुनुवारको दायाँ आँखाको डिल र हातमा चोट लागेको छ।
घाइते सुनुवारको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उहाँको अवस्था सामान्य रहेको छ।

