यात्रुबाहक ईभीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, एक जना घाइते

दाङ । राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिक यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको रा.४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

प्रहरीका अनुसार ईभी गाडी प्युठानको स्वर्गद्वारी नगरपालिका–२ का २२ वर्षीय लक्ष्मण पुनले चलाएका थिए भने स्कुटर अर्घाखाँचीको शितगंगा नगरपालिका–८ लापेका २० वर्षीय अभिषेक कुमालले चलाएका थिए।

दुर्घटनामा स्कुटरको पछाडि सवार शितगंगा–८ लापेकी ३२ वर्षीया सम्झना केसी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

स्कुटर चालक अभिषेक कुमाल घाइते भएका छन्। उनको अवस्थाबारे थप विवरण खुल्न बाँकी रहेको छ।

दुर्घटनामा संलग्न ईभी गाडी र स्कुटर तथा ईभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।