धनकुटाका यी क्षेत्रमा भोलि शनिबार १० घण्टा विद्युत् सेवा अवरुद्ध हुने

धनकुटा,५ भदौ । धनकुटामा ११ केभी बेल्हारा फिडरअन्तर्गत विद्युत् लाइन मर्मत तथा झाडी कटान कार्य गरिने भएकाले शनिबार विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका अनुसार भोलि भदौ ६ गते शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म धनकुटा सबस्टेसनदेखि बेल्हारा हुँदै सहिदभूमि गाउँपालिकातर्फ जाने ११ केभी लाइन आसपासका रुखका हाँगा, बाँस तथा झाडी कटान (बुस कटिङ) गरिनेछ।

त्यसैगरी डिक्स, पिन परिवर्तन तथा जम्पर टाइट गर्ने कार्यसमेत हुने भएकाले उक्त अवधिमा गोठगाउँ, पात्लेखोला, गुठीटार, बेल्हारा, बेल्हारा बेँसी तथा सहिदभूमि गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित समयअघि नै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् सेवा पुनः सञ्चालन गरिनेछ। सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले क्षमायाचना गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।