धनकुटामा ‘चियासँग कविता’को ६४औँ शृंखलामा प्राज्ञ कवि रोशन परियार सम्मानित

धनकुटा, ६ भदौ । धनकुटामा नियमित रूपमा आयोजना हुँदै आएको ‘चियासँग कविता’को ६४औँ शृंखला सम्पन्न भएको छ।

रेडियो धनकुटा एफएमको संयोजनमा २०८१ साल फागुन २ गतेदेखि सुरु भएको ‘चियासँग कविता’ कार्यक्रमले साहित्य, कला र सिर्जनाको प्रवर्द्धन गर्दै आएको छ।

कार्यक्रममा विभिन्न साहित्यिक विधामा कलम चलाउँदै आएका साहित्यकार तथा सर्जकहरूको सहभागिता रहने गरेको छ।

६४औँ शृंखलाअन्तर्गत आयोजित विशेष कार्यक्रममा धनकुटालाई प्रतिनिधित्व गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्यमा मनोनित कवि रोशन परियारलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ र सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले प्राज्ञ कवि परियारलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए।

लामो समयदेखि धनकुटालाई जन्म तथा कर्मथलो बनाएर नेपाली साहित्यको क्षेत्रमा सक्रिय रहँदै आएका परियार नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्यमा मनोनित भएपछि सम्मानित भएका हुन्। कार्यक्रममा वक्ताहरूले धनकुटाको साहित्यिक विकासमा परियारले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै उनको प्राज्ञिक यात्राको सफलताको शुभकामना व्यक्त गरे।

सम्मानित व्यक्तित्व प्राज्ञ कवि परियारले कार्यक्रममा मन्तव्य राख्नुका साथै आफ्ना कविता वाचन गरेका थिए।

कार्यक्रममा विभिन्न साहित्यिक विधामा सक्रिय कवि तथा कवयित्रीहरूले गीत, कविता र मुक्तक प्रस्तुत गरेका थिए। साहित्यकार तथा सर्जकहरूले आफ्ना सिर्जना प्रस्तुत गरेपछि कार्यक्रम थप सिर्जनात्मक बनेको थियो।

रेडियो धनकुटा एफएमका संयोजक गोपाल बराइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम पत्रकार सरिता बराइली राईले सञ्चालन गरेकी थिइन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।