उद्योग वाणिज्य सङ्घ धनकुटाको अध्यक्षमा रामबहादुर राय

नारायण कुमार राई/धनकुटा, ७ भदौ ।उद्योगवाणिज्य सङ्घ धनकुटाको ४६ औँ साधारण सभाबाट अध्यक्षमा रामबहादुर राय निर्वाचित भएका छन्।

हिजो ६ गते शनिबार भएको निर्वाचनमा कृष्णराज श्रेष्ठलाई ४३ मतले हराउँदै राय विजय भएका हुन्।

संघको कुल ४३२ मतमध्ये ३९४ भोट खसेको थियो । जसमा रायमाझीले २०९ मत र श्रेष्ठले १३३ मत पाएका थिए।

८ पदाधिकारी र ११ सदस्य गरी जम्मा १९ पदमध्ये ७ पदाधिकारी र ४ सदस्य पदका लागि निर्वाचन भएको थियो ।१ महासचिव सहित सात सदस्य यसअघि नै सर्वसम्मतले निर्विरोध निर्वाचन निर्वाचित भएका थिए।
रायमाझी र श्रेष्ठको प्यान बीच भएको प्रतिस्पर्धामा रायमाझीको प्यानल एक वरिष्ठ उपाध्यक्ष बाहेक सम्पूर्ण प्यानल विजयी भएको छ ।

रायाको प्यानलबाट उपाध्यक्षमा रिदम श्रेष्ठ, सरस्वती मगर ,महिला उपाध्यक्षमा रेजिना पालिखे, सचिव उर्गेन शाक्य, कोषाध्यक्ष रुपेश श्रेष्ठ विजय भएका छन् ।

त्यस्तै सदस्यहरूमा देवेन्द्र प्रधान, शिशिर श्रेष्ठ ,मुना पोखरेल ,श्री पुजन शाह ,निरोज श्रेष्ठ विजय भएका छन्। रायकै प्यानलबाट महासचिवमा उज्ज्वल कर्मचारी सदस्यहरूमा तुमराज लिम्बु ,गंगा गुरुङ ,सफल राई ,विजय श्रेष्ठ ,राजु प्रधान र प्रविशा श्रेष्ठ (थापा) यसअघि निर्विरोध निर्वाचित भएका थिए।

श्रेष्ठको प्यानलबाट विजयी उम्मेदवार वरिष्ठ उपाध्यक्ष विक्रम प्रधान रहेको निर्वाचन समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले जानकारी दिए।

संघको उद्घाटन सत्र साउन १६ गते सम्पन्न भएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।