ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टालाई सम्मान

ताप्लेजुङ । मुक्कुमलुङ साहित्य प्रतिष्ठानको आयोजनामा ‘आपसी सद्भाव, एकता र विश्व शान्तिका लागि एकता’ भन्ने नारासहित ताप्लेजुङको फुङ्लिङ बजारदेखि सुकेटारसम्म साहित्यिक पदयात्रा सम्पन्न भएको छ।

शनिबार फुङ्लिङबाट सुरु भएको करिब ८ किलोमिटर लामो पदयात्रा तीन घण्टामा सुकेटार पुगेर सम्पन्न भएको हो। पदयात्राका क्रममा सहभागीहरूले विभिन्न मुक्तक तथा गीत प्रस्तुत गरेका थिए। राष्ट्रिय झण्डा र ब्यानरसहित सुकेटार पुगेका सहभागीहरू त्यसपछि आयोजित साधारण सभामा सहभागी भएका थिए।

प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकको अध्यक्षतामा सम्पन्न साधारण सभा साहित्यकार तथा पत्रकार नवराज आचार्य ‘निश्चल’ले सञ्चालन गरेका थिए। कार्यक्रममा साहित्यकार चन्द्र मादेन आन्छन् तथा समाजसेवी एवं स्रष्टा काजी गुरुङलाई दोसल्ला र ताम्रपत्रसहित उच्च सम्मान गरिएको थियो।

साधारण सभाका प्रमुख अतिथि स्रष्टा भरत गुरुङ, विशिष्ट अतिथि डिल्ली रमण बराल तथा विशेष अतिथिहरू चन्द्र मादेन आन्छन्, समाजसेवी सुन्दरमोहन शाक्य, कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका सचिव शान्तिराम नेपाल, काजी गुरुङ, मिक्वा खोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा, नेपाली कांग्रेस ताप्लेजुङका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष गोपाल न्यौपाने, समाजसेवी ओम राई तथा पत्रकार आनन्द गौतम र कृष्ण फुरुम्बोलगायतले कार्यक्रमको प्रशंसा गर्दै शुभकामना दिएका थिए।

प्रतिष्ठानको एक वर्षपछि भएको पहिलो साधारण सभाले पुरानो तदर्थ समिति विघटन गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। शिक्षाविद् युवराज गिरीको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन मण्डलीले मनिष हेल्लोकको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सीता पिरती, मणि सेम्बु र बिरही कान्छा, महासचिवमा उदय भट्टराई, सचिवमा नवराज आचार्य ‘निश्चल’, सहसचिवमा लक्ष्मी चुडाल, कोषाध्यक्षमा लीला आँसु र सहकोषाध्यक्षमा केबी किराँती चयन भएका छन्। सदस्यहरूमा होमनाथ दाहाल, अनिषा लोहार, सुनिता भुर्तेल, पोष्टवा गुरुङ, जीवन कालिकोटे र रिता घायल रहेका छन्।

त्यस्तै, प्रतिष्ठानको पहिलो बैठकले चन्द्र मादेन आन्छन्‌लाई प्रमुख सल्लाहकार तथा भरत गुरुङ, सुन्दरमोहन शाक्य, काजी गुरुङ, गजेन्द्र तुम्याहाङ, खगेन्द्रकुमार कार्की र लेकाली कान्छालाई सल्लाहकारमा नियुक्त गरेको छ।

कार्यक्रममा कवयित्री सुनिता भुर्तेल र उदय भट्टराईले स्वागत सिर्जना तथा मन्तव्य प्रस्तुत गरेका थिए। साहित्यिक पदयात्रा, स्रष्टा सम्मान र नयाँ कार्यसमिति चयनसँगै कार्यक्रमले ताप्लेजुङमा साहित्यिक गतिविधि र आपसी एकताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।