तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ४४ वर्षीय पुरुष पक्राउ
तेह्रथुम । तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छथर गाउँपालिका–२ का ४४ वर्षीय लिलमबहादुर लिम्बु रहेका छन्।
प्रहरीका अनुसार भदौ ९ गते लिम्बुले सोही स्थानकी ५६ वर्षीया महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ। पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ।
घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

