सामुदायिक वनबाट बेवारिसे अवस्थामा ११ थान भरुवा बन्दुक बरामद

दाङ । दाङका विभिन्न स्थानमा प्रहरीले बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले २०८३ भदौ २५ गते बिहान ६ बजेदेखि १० बजेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरेको थियो। सो क्रममा बेवारिसे अवस्थामा रहेका ११ थान एकनाले भरुवा बन्दुक फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१ शिरुखर्कस्थित राष्ट्रिय वनबाट ६ थान, बंगलाचुली गाउँपालिका–८ कएना पानीस्थित सामुदायिक वनबाट २ थान र लमही नगरपालिका–७ स्थित नवशान्ती सामुदायिक वनबाट ३ थान भरुवा बन्दुक बरामद गरिएको हो।

बरामद गरिएका सबै बन्दुक जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।