भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, जलेर एक जनाको मृत्यु

चितवन, २६ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–९ बसन्तचोकमा शुक्रबार बिहान एक ईभी (विद्युतीय) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा बिहान करिब ६ बजे सर्भिस लेनमा गुडिरहेका बेला अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

आगलागीको सूचना पाउनासाथ पुगेको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाएपछि गाडीभित्र पूर्ण रूपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

आगलागीबाट कार पूर्ण रूपमा क्षति भएको छ भने मृतकको पहिचान हुन बाँकी छ। घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।