उदयपुरमा १ सय किलो १६४ ग्राम गाँजा सहित ५ जना पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ बाट १ सय १६४ ग्राम गाँजासहित पाँच जना पक्राउ परेका छन्।
भदौ २५ गते प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट कदमाहातर्फ जाँदै गरेका दुई वटा यात्रुवाहक विङ्गर गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार गाडीको छतमा प्लास्टिकमा प्याक गरी झोलामा लुकाएर राखिएको अवस्थामा १ सय किलो १६४ ग्राम गाँजा फेला परेको थियो।
गाँजा बरामद भएपछि यसको ओसारपसारमा संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ।

