नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु
धनगढी, २८ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बृख ओखेडाका छोरा साहिल ओखेडालाई आफन्तले नहरमा डुबेको अवस्थामा फेला पारेका थिए।
तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएकोमा चिकित्सकले शनिबार बेलुकी मृत घोषणा गरेका हुन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

