ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधिको दौडमा कांग्रेस युवा नेता भीमकुमार गौतम

ओखलढुंगा, ११ असोज । नेपाली कांग्रेसका युवा नेता भीमकुमार गौतमले पार्टीको महाधिवेशन प्रतिनिधिमा खस आर्यतर्फबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गौतमले पार्टी संगठनलाई थप बलियो र समयानुकूल बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका हुन्।

गौतम दुई दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनले २०५७ सालमा नेता सुनिल वैद्यको हातबाट नेपाल विद्यार्थी संघको सदस्यता लिँदै राजनीतिक यात्र तय गरेका थिए।

त्यससछि २०६० सालमा विश्वभाषा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य र २०६२ सालमा स्ववियु सहसचिव भएर काम गरिसकेका छन्। उनी २०६५ सालमा स्ववियु सभापतिका उम्मेदवार रहे पनि तत्कालीन नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारिका कारण स्ववियु हुन सकेन र गौतम चुनावी प्रतिस्पर्धमा होमिनबाट बन्चित भए।

उनी २०७२ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को विश्वभाषा क्याम्पस इकाइ अध्यक्ष भए। गौतम २०७३ सालमा नेविसंघ केन्द्रीय सदस्य भएका थिए। २०७८ मा नेपाल तरुण दलको केन्द्रीय सदस्य भएका गौतमले जिल्ला समन्वय समिति ओखलढुंगामा सदस्य रहेरसमेत काम गरिसकेका छन्।

विद्यार्थी राजनीतिका क्रममा उनी थुप्रै पटक जेलसमेत परेका थिए। नेविसंघ र तरुणदलमा हुँदा समन्वयकारी भूमिका निर्वाह गर्ने गौतम साथीहरूमाझ लोकप्रिय र मिलनसार नेताका रुपमा परिचित छन्। उनी सबैलाई समेटेर लैजान सक्ने व्यक्ति भएकाले सबैले रुचाउने व्यक्तिका रुपमा पर्छन्।

संगठन निर्माण, सामाजिक सेवा तथा विभिन्न अभियानमा निरन्तर सक्रिय रहेका गौतमले एकतावद्ध र बलियो कांग्रेस निर्माणका लागि आफू राजनीतिमा सक्रिय रहेको बताएका छन्।

उनले ओखलढुंगा कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकसँग निरन्तर सम्पर्क र सहकार्य गर्दै पार्टी संगठनका गतिविधिमा समेत विशेष योगदान पुर्‍याउँदै आएका छन्। बदलिँदो राजनीतिक परिस्थिति र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउन संगठनभित्र जिम्मेवारी, सक्रियता र नयाँ सोच आवश्यक रहेकाले आफू यी सबै सोचका साथ चुनावी प्रतिस्पर्धामा रहेको उनको भनाइ छ।

महाधिवेशन प्रतिनिधि छनोटमा सहभागी हुने क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले पार्टीलाई थप बलियो बनाउन समयअनुसार परिवर्तन र विवेकपूर्ण निर्णय आवश्यक रहेको बताएका छन्। उनले व्यक्तिगत भावना वा सम्बन्धभन्दा पार्टी र समाजको वर्तमान आवश्यकता हेरेर निर्णय गर्न प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖