कुलेखानी जलाशयको सतह खतरा लेभलमा, देउराली-सिस्नेरी सडक बन्द

काठमाडौं, ११ असोज । लगातारको वर्षासँगै मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ । जालशयमा पानीको लेभल खतरा तहमा पुगेपछि देउराली–सिस्नेरी सडकखण्डमा आइतबार दिउँसो ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ ।

कुलेखानीमा पानीको सतह १५२६ मिटर नाघेको छ । १५२७ मिटर पुगेपछि सचेतनाका लागि साइरन बजाइनेछ ।

जलाशयमा पानीको सतह बढिरहेकाले रातिको समयमा आकस्मिक परिस्थिति उत्पन्न भई ड्यामको ढोका खोल्नुपर्ने अवस्था आए देउराली–सिस्नेरी सडकखण्डका केही स्थानमा विपद्जन्य घटना हुन सक्ने जोखिमलाई ध्यानमा राखेर यात्रा प्रतिबन्ध लगाइएको हो ।

जारी सूचनाअनुसार आइतबार दिउँसो ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म सडकखण्डमा कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।

सूचनाअनुसार आइतबार दिउँसो ४ बजेपछि भैँसे हुँदै देउराली–सिस्नेरी–बागमतीतर्फ कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने छैन । काठमाडौंको फर्पिङ हुँदै सिस्नेरी–देउराली–हेटौँडातर्फ आउने सवारीलाई पनि सो अवधिमा सञ्चालन नगर्न आग्रह गरिएको छ ।

काठमाडौं जानुपर्ने वा हेटौँडातर्फ आउनुपर्ने अत्यावश्यक यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ। तर, त्रिभुवन राजपथमा समेत सवारी सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले तोकेको समयतालिका पालना गर्नुपर्नेछ।

विशेष सूचनाले कुलेखानी ड्यामको ढोका खोलिएको जनाएको छैन । जलाशयमा पानीको सतह निरन्तर बढिरहेको अवस्थामा राति आकस्मिक रूपमा ढोका खोल्नुपर्ने परिस्थिति आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर सडक बन्द गरिएको हो ।

ड्यामको ढोका खोल्नुपर्ने अवस्था आए तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने र देउराली–सिस्नेरी सडकखण्डका केही स्थानमा जोखिम सिर्जना हुन सक्ने भएकाले पूर्वसावधानी अपनाइएको जनाइएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖