यात्रुवाहक बस दुर्घटना अपडेट : मृत्यु भएका ५ जनाको खुल्यो परिचय

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ५ जनाको परिचय खुलेको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो । बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल छन् ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, निर्जुङ खत्री, बाँके, कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा, स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गरि र बाँके, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मीको मृत्यु भएको छ । यस्तै, बाँके, नेपालगंज–७ का २२ वर्षीय कृष कनौजिया र नामथर वतन नखुलेको ४०–४२ वर्षका पुरुषको पनि घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरुको नवलपरासी र चितवनका अस्पतालहरुमा उपचार जारी छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖