काँग्रेस सुर्खेत-२ मा सहमति नजुट्दा सभापति थापाको हस्तक्षेप

सुर्खेत, २० असोज। नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि छनोट गर्न स्थानीय नेताहरू असफल भएपछि पार्टी महामन्त्री गगन थापाले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको छ।

 

आज मनोनयन दर्ताको कार्यक्रम तय भएको महाधिवेशनमा कर्णाली प्रदेशको राजधानीसमेत रहेको यस निर्वाचन क्षेत्रबाट सहमतिमै महाधिवेशन प्रतिनिधि छानेर ल्याउन महामन्त्रीले दुई पटक केन्द्रीय प्रतिनिधि पठाएका थिए। तर, त्यो प्रयास सफल हुन सकेको थिएन।

 

अन्ततः सुर्खेत कांग्रेसभित्रका हृदयराम थानी-विष्णु खड्का समूह र कमलराज रेग्मी, नारायण कोइराला तथा देवकुमार सुवेदी समूहबीच भागबन्डा गराएर आज मात्रै सुर्खेत-२ का महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ।

 

यससँगै मतदानमार्फत क्षमतावान् नेतालाई केन्द्रमा पठाउने सुर्खेत कांग्रेसका मतदाता तथा कार्यकर्ताको सपना आगामी पाँच वर्षका लागि बन्द भएको छ।

 

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट इन्द्रबहादुर रावल, कर्णबहादुर बुढा, गणेश उपाध्याय, साधना घिमिरे, शोभाकुमारी शर्मा, डण्डप्रसाद ढकाल, गोविन्द कोइराला, मोतिलाल पौडेल, शिवराज जोशी, गोपालकृष्ण गिरी, हरि विष्ट, उपेन्द्रबहादुर खड्का, श्याम भारती, जनकबहादुर रावल, जानकी सिंह, देवी भट्टराई, मुक्तिदेवी रेग्मी पुरी, पार्वती गिरी, तीर्थजंग शाही र हृदयराम थानी महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

 

यस्तै, निरञ्जन केसी, टोपबहादुर रावत, विष्णुबहादुर खड्का, लालवीर भण्डारी, देवकुमार सुवेदी, नारायणकुमार कोइराला, उपेन्द्रबहादुर थापा, कमलराज रेग्मी, जयबहादुर बुढा, कलमबहादुर खत्री, कोकिलाकुमारी सहकारी, रोशन बस्नेत, कमलबहादुर विष्ट, लोमनकुमार बुढा, धनराज माझी, गोर्खे कामी र नारायणप्रसाद सापकोटा पनि छानिएका छन्।

साथै, शान्ति पहाडी, सञ्जुसिंह विश्वकर्मा, अमृता पुलामी मगर, कृष्णप्रसाद श्रेष्ठ र शान्तीकुमारी सिंह महाधिवेशन प्रतिनिधि बनेका छन्।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖