एमालेले तोक्यो पूर्वराष्ट्रपति भण्डारीको जिम्मेवारी र भूमिका, अब ओलीपछि शक्तिशाली

काठमाडौं, २० असोज । एमालेले पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई पार्टीको जिम्मेवारी र भूमिका तोकेको छ । उनलाई अध्यक्ष केपी ओलीपछिको दोस्रो वरीयतामा राखिएको छ ।

केही दिनअघि सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा भण्डारीलाई पार्टीको दोस्रो वरीयता दिइएको हो ।

भण्डारीले अब केन्द्रीय कमिटीसँगै पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुन पाउने भएकी छन् । उनले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा भाग लिने तथा अध्यक्षलाई सहयोग गर्ने र पार्टीलाई सही एवं समयोचित निर्णय गर्न योगदान गर्ने जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने अपानिमा उल्लेख छ ।

वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने तथा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने जिम्मेवारी भण्डारीले पाएकी छन् । 

एमालेको विधानमा वरिष्ठ नेताको व्यवस्था नभए पनि भण्डारीका लागि सो पद सिर्जना गरिएको हो । वरिष्ठ नेता थप भएपछिको विधानको व्यवस्थालाई आगामी विधान महाधिवेशनले अनुमोदन गर्ने एमालेले जनाएको छ । दुई कार्यकाल राष्ट्रपति हुनुअघि भण्डारी एमालेमा उपाध्यक्षको भूमिकामा थिइन् । भण्डारी अब एमालेमा ओलीपछि शक्तिशाली बनेकी छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖