सुनसरीमा १५ लाख भन्दा बढीको अवैध खरबुजाको बियाँ बरामद
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ केशलिया खोलास्थित विराटनगर–देवानगञ्ज सडकखण्डबाट प्रहरीले १५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध खरबुजाको बियाँ बरामद गरेको छ।
बुधबार साँझ सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय दुहबी, सितागञ्ज र ट्राफिक प्रहरी पोष्ट दुहबीबाट खटिएको संयुक्त टोलीले ३८ बोरा वाटर मेलोन सिड्स बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद बीउको तौल १ हजार ५२० किलोग्राम र अनुमानित मूल्य १५ लाख २० हजार रुपैयाँ रहेको छ। आवश्यक कारबाहीका लागि बरामद सामान सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

