काङ्ग्रेस महाधिवेशन: १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी

काठमाडौँ, २१ असोज । नेपाली काङ्ग्रेसको १५ौँ महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

 

नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो।

 

काङ्ग्रेस विधानमा सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४ (समावेशी महिला १ र खुला २ सहित), महामन्त्री ३, सहमहामन्त्री १५ र कोषाध्यक्ष १ गरी जम्मा २४ जना पदाधिकारी रहने व्यवस्था छ। जसमध्ये ४ जना सहमहामन्त्री र १ जना कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने प्रावधान छ। यस अनुसार निर्वाचनमार्फत कुल १९ जना पदाधिकारी चयन हुनेछन्।

 

निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार ती १९ पदाधिकारी पदका लागि कुल ७९ जनाको उम्मेदवारी परेको छ।

 

पार्टीको सर्वोच्च पद ‘सभापति’का लागि ३ जनाको उम्मेदवारी परेको छ। सभापति पदमा गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन ।

 

वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने महिला क्लस्टरतर्फको उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ। दुबै निर्बिराेध भइसकेका छन्  । शर्मा र भुसाल दुवै जना हाल पनि उपसभापति पदमै छन।

 

सार्वजनिक प्रथम नामावलीमा कुनै दाबी-विरोध रहेमा प्रक्रियागत दाबी-विरोधका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ।

 

उम्मेदवारकाे सुची हेर्न यहाँ क्लिक गर्नुहाेस्

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖