नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागीहरूले नेपालीहरूको महान् पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नयाँ वर्ष नेपाल संवत् ११४७ को अवसरमा एक–आपसमा हार्दिक शुभकामना आदान–प्रदान गर्दै सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका थिए। कार्यक्रममा कोशी प्रदेशमा सञ्चालित निर्जीवन तथा जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र मर्हजनले पर्वहरूले आपसी सद्भाव, भाइचारा, एकता र सहकार्यको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै, बीमा क्षेत्रको विकास, विस्तार तथा बीमितको हित संरक्षणका लागि बीमा प्राधिकरण, बीमा कम्पनी तथा सम्बन्धित सरोकारवालाबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।उहाँले बर्तमान समयमा बीमा क्षेत्रका विषयमा भएका भ्रमलाई चिर्दै बीमा कम्पनीहरु स्वस्थ्य प्रतिस्पर्धाबाट अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी जीवन तथा निर्जीवन बीमकका प्रदेश प्रमुखहरूले कोशी प्रदेशमा बीमाको पहुँच विस्तार, बीमा सचेतना अभिवृद्धि तथा सेवाको गुणस्तर सुधारका विषयमा आफ्ना धारणा राख्दै आगामी दिनमा प्राधिकरणसँग थप प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमले बीमा क्षेत्रका विभिन्न संस्थाबीच आपसी सम्बन्ध, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै पर्वहरूको सांस्कृतिक तथा सामाजिक महत्वलाई समेत उजागर गरेको थियो। अन्त्यमा, सहभागीहरूले आगामी दिनमा बीमा क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय र सेवामुखी बनाउँदै आम नागरिकको पहुँचमा बीमा सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै एक–आपसमा शुभकामना आदान–प्रदान गरेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖