धनकुटा,भोजपुर र मोरङबाट ८०५ किलोभन्दा बढी गाँजा बरामद
विराटनगर । प्रहरीले भोजपुर, धनकुटा र मोरङबाट ८ सय ५ किलो ८ सय २९ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ।
असोज २० गते भोजपुरको हतुवागढी गाउँपालिका–९ धिरिङ खोला छेउबाट ६ वटा प्लास्टिकको बोरामा प्याक गरिएको २ सय ४४ किलो ७ सय ७९ ग्राम गाँजासहित आमचोक गाउँपालिका–७ का एकराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भित्री सडकखण्डमा दुर्घटनाग्रस्त बा.१३ च ६२७५ नम्बरको स्कर्पियोबाट ३ सय ४१ किलो गाँजा बरामद भएको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मोरङको जहदा गाउँपालिका–१ स्थित धानखेतबाट पनि बेवारिसे अवस्थामा २ सय २० किलो ५० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।


