झापाको बिर्तामोडमा आगलागी, पाँच घर जले
झापा । बिर्तामोड नगरपालिका–स्थित भद्रपुर लाइनमा आगलागी हुँदा पाँच घर जलेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रञ्जन अवालेका अनुसार आगलागीबाट ४–५ घरमा क्षति पुगेको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।
प्रहरीका अनुसार स्थानीय फर्निचर उद्योगबाट आगलागी सुरु भएको हो। घटनाबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


