आजको मौसम: पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम

काठमाडौं, २६ असोज। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादली लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादली लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

 

राति भने देशको हिमाली भूभागमा आंशिक बादली लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका थोरै भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ।

 

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसबाट बच्न तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई नियमित रूपमा पछिल्लो मौसमी सूचना जानकारीमा राखी आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖