बल्खुमा यात्रुलाई दुःख दिने र चालकसँग रकम माग्ने आरोपमा तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको बल्खुमा सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिएको र यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै सवारी चालकसँग रकम मागेर अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ घर भई काठमाडौंको भोटेबहाल बस्ने ४३ वर्षीय विशालकुमार जैसवाल, भारतको मोतिहारी कोटोहा–१० घर भएका ४२ वर्षीय रञ्जनकुमार र सिरहा नगरपालिका–५ घर भई काठमाडौंको बल्खु बस्ने ५१ वर्षीय कलेवर यादव रहेका छन्।

प्रहरीका अनुसार असोज २६ गते दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१४ स्थित बल्खु सडकखण्डमा विभिन्न यातायात कम्पनीका काउन्टर कर्मचारीले उपत्यकाबाहिर जाने यात्रुलाई आफूले भनेको गाडीमा चढ्न दबाब दिने, यात्रुको सामान तान्ने, सस्तो टिकटको प्रलोभन देखाउने तथा जबरजस्ती सवारी साधनतर्फ लैजाने जस्ता गतिविधि गरेका थिए।

यात्रु मिलाइदिएबापत सवारी चालकसँग रकम असुल गर्ने र सम्राट मेट्रो यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै चालकसँग पैसा माग्ने गरेको पनि प्रहरीको भनाइ छ। रकम नदिए गाडी जान नदिने भन्दै धम्की दिने, सार्वजनिक स्थानमा हातपात गर्ने र अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेर उनीहरू फरार रहेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।

खोजतलासका क्रममा दुई जनालाई बल्खुबाट र अर्का एक जनालाई माइतीघर चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖