विश्व खाद्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडाैं, ३० असाेज । आज विश्व खाद्य दिवस  । याे दिवस प्रत्येक वर्ष अक्टोबर १६ तारिखका दिन विश्वभर मनाइन्छ।

 

सन् २०२६ को विश्व खाद्य दिवसको नारा 'आजको नवीनता: भोलिको पोषण / प्रविधि र नवप्रवर्तनमा जोड' रहेको छ।   यस नाराले भोकमरीमुक्त भविष्य निर्माणका लागि कृषि र खाद्य प्रणालीमा नयाँ प्रविधि, तथ्याङ्क र नवप्रवर्तनको प्रयोग गर्दै भावी पुस्ताका लागि पर्याप्त, सुरक्षित र पौष्टिक खानाको उपलब्धता सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

 

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको स्थापना भएको दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो। संयुक्त ष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको स्थापना सन् १९४५ अक्टोबर १६ मा भएको थियो। सन् १९७९ नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले यो दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ देखि औपचारिक रूपमा विश्वभर यो दिवस मनाउन थालिएको हो।

 

विश्वभर बढ्दो कुपोषण, गरिबी र भोककमरी अन्त्यका लागि जनचेतना जगाउनु र खाद्य सुरक्षाको सुनिश्चितताका लागि ठोस कदम चाल्न सबै राष्ट्रहरूलाई एकजुट गर्नु यसको मुख्य ध्येय हो।

 

नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि सङ्गठनको सदस्यता प्राप्त गरेको थियो।  नेपालमा वि.सं. २०३८ साल (सन् १९८१) देखि नियमित रूपमा विभिन्न नारासहित यो दिवस मनाइँदै आएको छ। यस अवसरमा खाद्य सुरक्षा, कृषि उत्पादनमा वृद्धि, र सन्तुलित आहारबारे चेतना फैलाउने खालका गोष्ठी, सेमिनार तथा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छन्।

सन् २०२६ को विश्व खाद्य दिवसको नारा 'आजको नवीनता: भोलिको पोषण / प्रविधि र नवप्रवर्तनमा जोड' रहेको छ।   यस नाराले भोकमरीमुक्त भविष्य निर्माणका लागि कृषि र खाद्य प्रणालीमा नयाँ प्रविधि, तथ्याङ्क र नवप्रवर्तनको प्रयोग गर्दै भावी पुस्ताका लागि पर्याप्त, सुरक्षित र पौष्टिक खानाको उपलब्धता सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖