धरानमा ट्रकको ठक्करबाट धनकुटाका ३६ वर्षीय मोटरसाइकल चालकको मृत्यु
धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
आज दिउँसो करिब ३:३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका–९ बेलहरा निवासी ३६ वर्षीय दिपेन्द्र राज राईको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


