विराटनगर कारागारमा भेट्न आएका दुई महिलाबाट ४८० थान शंकास्पद ट्याब्लेट बरामद

विराटनगर । मोरङको विराटनगरस्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा गरिएको नियमित जाँचका क्रममा दुई महिलाबाट ४८० थान शंकास्पद लागूऔषध बरामद भएको छ।

आज दिउंसो विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागारको प्रवेशद्वारमा जाँच गर्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङले भित्री वस्त्रको प्याडमा लुकाएर ल्याएका ट्याब्लेट फेला परेको हो।

जाँचका क्रममा हरियो रङका २४० थान र सुन्तला रङका २४० थान गरी जम्मा ४८० थान ट्याब्लेट बरामद गरिएको जनाइएको छ।

बरामद ट्याब्लेटसहित दुवै महिलालाई दिउँसो १२:५० बजे आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको छ। बरामद ट्याब्लेटको प्रकृति र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖