प्रशासनलाई झुक्याएर बाह्र बिघामा झुला लगाइयाे, दुर्घटना भए जिम्मेवार को ?

सुभाष कायस्थ/जनकपुरधाम, २९ असाेज । गत वर्ष वडा दशैंकै बेला राजदेवी मन्दिर परिसरमा लगाइएको रोटेपिङ झुला दुर्घटना भएदेखि जनकपुरधाममा राेक लगाइएकाे छ ।

झुलाकाे रड भाँचिएपछि झुलामा बसेका ५६ जना श्रद्धालु दर्शनार्थीको ज्यान जोखिममा परेको थियो । 

नेपाली सेना र सशस्त्र प्रहरीले ५ घण्टाको निकै लामो मसक्तपछि ज्यान जोखिममा परेका ती श्रद्धालु दशनार्थीहरुको ज्यान जोगाउन सफल भएका थिए । 

त्यसलगतै जनकपुरधाममा अबदेखि वडा दशैं लगायतका मेलामा रोटेपिङ जस्ता झुला र अन्य गतिविधि नगरिने निर्णय गरिएको थियो । 

सो निर्णय विपरित यसपटक फेरि महावीर युवा कमिटिले राजदेवी मन्दिर परिसरमा रोटेपिङ झुला लगाउन खोज्दा स्थानीय प्रशासनद्वारा राेक लगाउने निर्णय गरियाे ।

तर सो निर्णय विपरित स्थानीय प्रशासनलाई झुक्याउंदै राजदेवी मन्दिर परिसरबाट हटाइएको रोटेपिङ लगायतका झुला बारहविघा मैदानमा ठूलठूला आधा दर्जनभन्दा बढी झुला लगाएको छ ।
 
रामानन्द युवा क्लबले रमाइलाे मेला लगाउने भनी जनकपुरधाम उपमहानगरपालिकाबाट कर्मचारीसंग आर्थिक मिलामताेमा न्यून शुल्क बुझाएर र वृहतर जनकपुर क्षेत्र विकास परिषदद्वारा मिथिला संस्कृतिक उत्थानभन्दै इजाजत लिएका छन् ।

साे इजाजतकाे भरमा जिल्ला प्रशासन कार्यालय समेतले इजाजत दिएका छन् । तर ती झुलाकाे प्राविधिक चेकजांच, दर्ता र बीमा बारे कसैले साेधखाेज गरेका छैनन् । उपमहानगरलाई सामान्य शुल्क तिरी लाखाैकाे व्यापार गर्ने भएकाे छ । 
 
श्राेतका अनुसार असाेज ३० गतेदेखि कातिक १० गतेसम्मका लागि एक लाखदेखि १० लाख रूपैयासम्म बढी रकम कमिटीले असुलेका  छन् ।
क्लबले ती झुला ठेकेदारहरू नेपालकै र बिमित रहेकाे दाबी गरेका छन् । इजाजत लिंदा मेलामा संचालन गरिने कुनै झुला वा अन्य मनाेरञ्जनात्क क्रियाकलाप गर्नेकाे कागजात बुझाइएकाे छैन ।

सम्बन्धित निकायको अनुमति, दर्ता र बीमाबिनै भारतीय ठेकेदारले सञ्चालन गर्ने यस्ता जोखिमपुर्ण झुला बारहविघा मैदानमा लगाउने भन्ने इजाजत दिने निकायलाई कुनै दुर्घटना भए जिम्मेवारी लिनुपर्ने आलोचना शुरु भइसकेको छ । 

यस्ता जोखिम झुला सञ्चालनका लागि अनुमति दिने निकाय उपमहानगर र वृहत्तरले बिना कुनै प्रक्रिया पु¥याई इजाजत दिएकोमा के आधारमा दिएको भन्ने प्रश्न उठन थालेको छ । 

इजाजत दिने निकायले आफूहरु झुला सञ्चालनको होइन सांस्कृति कार्यक्रमका लागि कसैलाई अवरोध नपुग्ने गरी इजाजत दिएको हो भन्ने दाबी गरिरहेका छन् । 

वृहत्तर क्षेत्र विकास परिषदका प्रशासकीय अधिकृत जितेन्द्र यादवले भने स्थानीय रामानन्द युवा क्लबले बारहविघा मैदानमा मिथिला कला, संस्कृति र भोजनको प्रचार गर्ने उद्देश्यले पर्यटकीय विकासका लागि सांस्कृति कार्यक्रम आयोजनाका लागि माग गरेकोमा जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकासँग इजाजत लिई कसैलाई अवरोध नपुग्ने गरी इजाजत दिन भनेका हौं । 

यता जनकपुरधाम उपमहानगरपालिकाले पालिकाकाे नियमानुसार शुल्क लिई इजाजत दिइएकाे बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख प्रमेश झाले रामानन्द युवा क्बललाई रमाइलो मेला आयोजना गर्न भनी उचित शुल्क लिई इजाजत दिएको बताएका छन् । तर ती झुलाको प्राविधिक चेकजाँच वा भोलीको दिनमा कुनै दुर्घटना भए जिम्मेवारी र क्षतिपूर्तिको कुरा हो भने रामानन्द युवा क्लबलाई जिम्मेवारी लिनुपर्ने हो बताएका छन् । 

यता प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले पनि रामानन्द युवा क्लबले मेला आयोजनाका लागि जनकपुरधाम उपमहानगरपालिका र वृहत्तरको इजाजतसहित आदेश माग गरेकामा यहाँबाट इजाजत दिइएको बताएका छन् । 

हुनत रामानन्द युवा कमिटीका अध्यक्ष आषुताेष झाले आफू सम्बन्धित निकायबाट विधि प्रक्रिया पुरयाएर इजाजत लिइ मेला सञ्चालन गरिरहेकाे दाबी गरेका छन् । उनका अनुसार झुला काठमाडाैकाे ईक दर्तावाल कम्पनीकाे बीमासहित रहेकाे छ  ।

तर झुलामा काम गर्ने कामदारहरूका अनुसार ती झुलाहरू भारत बिहारकाे पिन्टु भन्ने ठेकेदारकाे रहेकाे बताएका छन् ।

तीनवटै निकायले सांस्कृतिक कार्यक्रम र मेला आयोजनाका लागि इजाजत दिएको भन्ने दाबी गरिरहँदा ती झुलाले कुनै दुर्घटना भए जिम्मेवारी कसले लिने भन्ने अन्यौल नै छ । 

नेपाल मेला महोत्सव संघको केन्द्रीय समितिले पनि जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्र पठाएर यस्ता गतिविधि राेक्न माग गरिसकेकाे छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖