एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी संगठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको हो ।

कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा शक्तिशाली क्यामेरा (सीसीटीभी) जडान गरी निगरानीसमेत बढाएको छ ।

२०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा हालै कुनै पूर्वजानकारीविना हटाइएको थियो । सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेपछि पार्टीले आफ्नैतर्फबाट सुरक्षा सतर्कता बढाउनुपरेको जनाइएको छ ।

नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा पहरा दिनेछ भने क्यामेरामार्फत हरेक गतिविधिको सूक्ष्म निगरानी गरिनेछ । गत वर्षको जेनजी आन्दोलनमा एमाले, कांग्रेस, नेकपाको पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो । तर रास्वपा र राप्रपाका पार्टी कार्यालय सुरक्षित रहे । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖