सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता युवा मृत फेला
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीको नोजमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवा मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचाप निवासी अन्दाजी २३ वर्षीय ओसन कोइराला रहेका छन्।
प्राप्त विवरणअनुसार कार्तिक १ गते साँझ करिब ५:२० बजे सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा कोइराला बेपत्ता भएका थिए। उनको खोजीमा खटिएको गोताखोर टोलीले कार्तिक २ गते बिहान करिब ८ बजे नदीबाट मृत अवस्थामा निकालेको हो।
प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाउने जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


