सुनकोसीमा सुमो खस्दा खोटाङका युपना, काब्या र स्वस्तिकाको मृत्यु

खोटाङ । काठमाडौंबाट खोटाङ आउँदै गरेको सुमो सिन्धुलीको सुनकोसी नदीमा खस्दा खोटाङका तीन युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा तीन जना अझै बेपत्ता रहेको जनाइएको छ।

मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ, दुभेका २१ वर्षीया युपना राई र १९ वर्षीया काब्या राई रहेका छन्। त्यस्तै, खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी घर भई दिक्तेलमा बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको पनि दुर्घटनामा मृत्यु भएको छ।

को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोसी नदीमा खसेको थियो।

दुर्घटनामा सुमो चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मासहित चार जना घाइते भएका छन्।

दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजी भइरहेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖