धनुषाबाट हराएका दुई बालक सुनसरीमा सकुशल फेला
सञ्जय मिश्रा/
रौतहट १५ कार्तिक। धनुषाबाट हराएका दुई बालक सुनसरीमा सकुशल फेला परेका छन्। घरबाट निस्किएर सम्पर्कविहीन भएका दुवै बालक आइतबार सुनसरीस्थित आफन्तको घरमा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार कार्तिक १४ गते साँझ करिब ५ बजेको समयमा मिथिला नगरपालिका–९ बेंगाडावरस्थित आफ्नै घरबाट १२ वर्षीय नवीन रखाल मगर र सोही स्थानका १५/१६ वर्षीय सुशान्त श्रेष्ठ घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए।
नवीन हेम रखाल मगरका छोरा हुन्। दुवै बालक घरबाट निस्किएपछि परिवारले खोजी थालेका थिए। उनीहरू नभेटिएपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो।
प्रहरीका अनुसार आइतबार कार्तिक १५ गते दुवै बालक सुनसरी जिल्लाको बलाहास्थित मामा घरमा सकुशल फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाले सूचना जारी गर्दै दुवै बालक फेला परेको जानकारी दिएको छ।
बालबालिकाको सुरक्षामा अभिभावकको ध्यान आवश्यक
बालबालिका घरबाट जानकारी नदिई बाहिर निस्कँदा परिवारमा उत्पन्न हुने चिन्ता र जोखिम यस घटनाले पुनः उजागर गरेको छ। विशेषगरी किशोरावस्थामा रहेका बालबालिकाको गतिविधि, साथीभाइसँगको सम्बन्ध र मानसिक अवस्थाबारे अभिभावकले नियमित चासो राख्नु आवश्यक देखिन्छ। तस्वीर ए आई।


