मिडियामाथि सरकारको धरपकडबारे कांग्रेस सभापति थापाले विशेष सम्बोधन गर्ने

काठमाडाैंं, १५ कात्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका छन् । 

१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालय श्रोतका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा सभापति थापाले विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ। उनले सम्वोधन गर्नुअघि प्रमुख पदाधिकारीहरुसँग छलफल पनि गर्नेछन् । 

पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तात्कालिक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा काङ्ग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्ने बुझिएको छ। साथै हालै सरकारले मिडिया र पत्रकारमाथि गरेका धरपकडबारे उनले पार्टीकाे धारणा राख्ने भएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖