मालपोतका नायब सुब्बा एक लाख घुस सहित अख्तियारको नियन्त्रणमा

सञ्जय मिश्रा/रौतहट १८ कार्तिक। सर्लाहीको मलंगवास्थित मालपोत कार्यालयमा सेवाग्राहीको काम गरिदिने भन्दै घुस मागेको आरोपमा एक कर्मचारी अख्तियारको फन्दामा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान करिब ९ बजे नायब सुब्बा निर्मल तिमिल्सिनालाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

लालबन्दी निवासी तिमिल्सिना मालपोत कार्यालयको प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत थिए।

आयोगका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा बाँडफाँटसम्बन्धी प्रक्रिया अघि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेका थिए। सोही रकम बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।

पक्राउको पुष्टि गर्दै अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

सरकारी कार्यालयमा सेवाग्राहीको काम सहज बनाइदिने नाममा रकम मागिएको आरोपमा कर्मचारी पक्राउ परेपछि मालपोत कार्यालयको सेवा प्रवाह र कर्मचारीको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ। पक्राउ परेका तिमिल्सिनामाथि थप कानुनी अनुसन्धान तथा प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖