आइजिपी कार्की पदमुक्तपछि आज ४ बजे कांग्रेस शीर्ष नेताको आकस्मिक बैठक

काठमाडौं, १८ कात्तिक । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ ।

बुधबार अपराह्न ४ बजे पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय समितिका पदाधिकारीहरूको आकस्मिक बैठक बस्न लागेको हो । 
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा कांग्रेसले आधिकारिक धारणा तय गर्ने भएको छ ।

नेताहरूका अनुसार प्रहरी नियमावलीविपरीत कार्कीलाई पदमुक्त गरेकोमा कांग्रेस असन्तुष्ट छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाबाट बरामद भएको मोबाइल दुई दिनसम्म आफ्नो घरमा राखेर फरेन्सिक ल्याबमा पठाएको समाचार बाहिरिएपछि सरकारले कार्कीलाई महानिरीक्षकबाट हटाएको हो ।

बेनको निर्देशनपछि मात्र इनम सापकोटाले प्रहरीलाई दिएको बयान सनसनी ढंगले मिडियामा ल्याइएको थियो । जसमा कांग्रेसको आधिकारिकता पाउन विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले १८ करोडको डिल गरेको भनेर बोलेको सुन्न सकिन्छ । तर इनमले त्यो डिलमा आफू नभएको उल्लेख गरेका छन् ।

पार्टीलाई बदनाम गर्न सरकारले बिचौलिया प्रयोग गरेको कांग्रेसले आशंका गरेको छ । सो विषय पनि आजको बैठकमा छलफल हुने भएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖