झापामा स्कुल बसको ठक्करपछि ट्रकमा मोटरसाइकल ठोक्किँदा २१ वर्षीया युवतीको मृत्यु, युवक घाइते
झापा । झापाको कमल गाउँपालिका–३ शहीदगेटस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्।
स्कुल बसको ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल ट्रकमा ठोक्किँदा २१ वर्षीया माङकुमारी लिम्बूको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पञ्चबहादुर लिम्बू घाइते भएका छन्।
दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि दमक अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले माङकुमारीलाई मृत घोषणा गरेका थिए।
घाइते पञ्चबहादुरको उपचार भइरहेको छ।


