सुनसरीमा ४७ किलो विस्फोटक पदार्थ सहित तीन जना पक्राउ

सु

सुनसरी । सुनसरी प्रहरीले विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ। बरामद सामग्री परीक्षण गर्दा कम विस्फोटक पदार्थ (Component of Low Explosive – Gun powder/Black Powder) भएको पुष्टि भएपछि उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक १० गते साँझ ६ः३० बजे धरान उपमहानगरपालिका–८ स्थित तीनकुने धरान चेकपोस्टमा इटहरीबाट धरानतर्फ जाँदै गरेको को.प्र.०२-००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो।

मिनी ट्रकमा अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरी राखिएको पारदर्शी सेतो ठोस पदार्थ ४७ किलोग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त सामग्री नियन्त्रणमा लिन खोज्दा मिनी ट्रकमा सवार व्यक्तिहरूले प्रहरी कर्मचारीमाथि समेत अभद्र व्यवहार गरेका थिए। त्यसपछि उनीहरूमाथि इलाका प्रहरी कार्यालय धरानबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो।

बरामद पदार्थ परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी काठमाडौं पठाइएकोमा परीक्षण प्रतिवेदनबाट उक्त पदार्थ कम विस्फोटक पदार्थ (गन पाउडर/ब्ल्याक पाउडर) बनाउन प्रयोग हुने सामग्री भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–४ छिटाहाका २५ वर्षीय प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र सोही स्थानका ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दासँगै विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖