ट्याक्सी ४० मिटर तल खस्यो, दुई जनाको अवस्था गम्भीर सहित पाँच घाइते

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खस्दा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

आज बिहान करिब ११:३० बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्सी चालकसहित पाँच जना घाइते भएका हुन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ।

घाइते हुनेमा ट्याक्सी चालक सिरानचोक गाउँपालिका–५ भाँगेका ४० वर्षीय वीरबहादुर गुरुङ रहेका छन्। उनको अवस्था सामान्य रहेको छ।

त्यस्तै, ट्याक्सीमा सवार सिरानचोक गाउँपालिका–२ मैपतेकी ३२ वर्षीया मञ्जु परियार र अन्दाजी ५० वर्षीया गीतामाया परियारको अवस्था गम्भीर रहेको छ। गीतामायाको टाउकोमा भित्री चोट लाग्नुका साथै दायाँ खुट्टा र छातीमा समेत चोट लागेको छ।

यसैगरी, सोही स्थानका अन्दाजी २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार मध्यम घाइते भएका छन्।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट प्रहरी हवल्दार होमबहादुर रानाको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनास्थल अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट करिब ७ किलोमिटर उत्तरमा पर्दछ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖