सुनसरीमा ब्राउन सुगर र मोटरसाइकल सहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।
मंसिर १२ गते साँझ ६ बजे लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागूऔषध ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकलमा बसिरहेका दुई जनालाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा इनरुवा नगरपालिका–३ निवासी ३१ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पोदारको साथबाट ब्राउन सुगरजस्तो देखिने १४ ग्राम ७० मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थ र प्रदेश १–०२–०५५ प ४१०६ नम्बरको मोटरसाइकल सहित दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।
