अमेरिकामा ५ रेक्टर स्केलको भूकम्प, ठूला घर हल्लिँदा मानिस त्रसित
काठमाडौं, १३ मंंसिर । अमेरिकाको लस एन्जलस नजिकैको समुद्री तटमा ५ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार शनिबार शनिबार बिहान ५ रेक्टर स्केलको भूकम्पले लस एन्जलस क्षेत्रका बासिन्दाहरू त्रसित भएका थिए ।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार तटीय सहर म्यानहट्टन बीचबाट लगभग ३.७ माइल दक्षिणपश्चिममा लगभग ७.६ माइलको गहिराइमा शनिबार बिहान साढे ९ बजे ५ म्याग्निच्युडको भूकम्प गएको थियो।
४० भन्दा धेरै परकम्प जाँदा ठूला घरहरू हल्लिनुका साथै मानिसहरू समुद्र तट सहरका पसलहरूबाट बाहिर निस्किएका थिए ।
लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा छतबाट टाइलहरू खसे, सिसा फुटे र किराना पसलमा सामानहरू खस्न थालेपछि बच्न मासिन बाहिर दौडिए।
पहिलो भूकम्प गएको केही मिनेटमै, देशको दोस्रो ठूलो सहरमा पराकम्पनहरू महसुस गरिए।
क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका भूकम्पविद्हरूका अनुसार यस क्षेत्रमा कम्तीमा ४० वटा पराकम्पन गए। युएसजीएसले ४ वा सोभन्दा बढी म्याग्निच्युडको पराकम्पन आउने सम्भावना ३० प्रतिशत रहेको अनुमान गरेको थियो।
शनिबार बिहान ११:४१ बजे ४.५ म्याग्निच्युडको पराकम्पन गयो, जसका कारण लस एन्जलस फायर डिपार्टमेन्ट पुन: भूकम्पकालीन तयारीको अवस्थामा फर्कियो। लस एन्जलस फायर डिपार्टमेन्टले सहरभरि गरेको दोस्रो चरणको मूल्यांकनमा कुनै ठूलो क्षति नपुगेको पाइएको छ ।
