कसले चोर्यो प्रधानमन्त्रीको गाडीबाट तेल ?

ड्राईभरको तलब बाह्र हजार खलासिको तलब भत्ता झन्डै एक लाख अनि तेल नचोरेर के चोर्ने उत्तर चाहियो सरकार?? अच्चम्म छ बा! के तेल ड्राईभरले नचोरे कसले चोर्छ? शिक्षकले सिप चोर्छन, कलाकारले कला चोर्छन ,विधार्थीले विध्या चोर्छन,ड्राईभरले तेल चोर्छन सबैलाई थाहाँ भएको कुरा हो अनि तेल चोरलाई किन भाईरल बनाईयो? यसको जवाफ कसले दिने हो? फेरी प्रधानमन्त्रीको गाडीबाट मात्र कसरी चोरी भयो राष्ट्रपतिको गाडीबाट किन चोरि भएन? सभामुखको गाडी अरु भिभीअाईपी को गाडी बाट किन चोरी भएन?

मेरो अडकल पक्का पनि प्रधमनमन्त्रीकै गाडी बाट तेल चोर्नुमा केहि रहस्य होला त्यो रहस्य ड्राईभरलाई नै सोधे थाहाँ भईहाल्छ । फेरी ड्राईभरको अाखाँ पनि किन प्रधानमन्त्रीकै गाडीमा लाग्यो कि महंगो गाडीमा महंगै तेल हुन्छ भनेर पो हो की? .. यसको पनि जवाफ चाहियो? जनता जान्न चाहन्छन..

फेरी जनता,नेता,बुद्दिजिवीहरुले जिब्रो टोक्नु पर्दैन कुनै नयाँ रहस्य हैन यस्ता पटक पटक भएका छन यसको स्वाद धेरैले चाखिसकेका छन त्यसैले त यो ड्राईभर पेसा टिकीरहेको छ टिकाउनु नै गर्वको कुरा हो यहाँ सरकार टिकाउन हम्य परेको वेला ड्राईभर टिक्नु सानो कुरा हैन यसको पनि अनुसन्धान गर्नु पर्छ।

सिकाउने गुरु हरु छन अहिले तिनै मालिक भएका छन ड्राईभर उनकै चेला हुन यहाँ भन्दा बढि नबुझोैँ होला…

ल यता अाम सबैजना अाज फरक विषयमा चर्चा गरोैँ चोरहरुको पनि सम्मान गरोैँ मानव अधिकारवादि हरुलाई पनि निम्तो छ उनिहरुको भनाई पनि यहि हो मानवहरुको हक हित को नारा लिएर हिडेका हुन्छन।के गर्नु डलर त्यतिकै पचाउन सकिदैन ।जस्तो अपराध गरेपनि हाम्रो नेपालमा सम्मान दिने चलन छ बाच्ने अधिकार छ त्यसैले चोर, फोर, मार, काट,लुट ,कुट जे अपराध गरे पनि सुरक्षित बाच्ने अधिकार छ।त्यसैले अाज चोरहरुलाई गालि हैन सम्मान गरोै भन्न मन लागेको छ। तर भन्दिन यदि कसैले भन्छ भने म समर्थन गर्न तयार छु ….

डाईभर दाई हरु पेट्रोल तेल खाएर बाचेका छन
कठै तिनिहरुका निर्दोश साना,साना नानी,बाबु छन बाबा घर अाउदा केहि गुलियो चकलेट ल्याईदिनु हुन्छ भन्ने अाशा गर्छन अनि तेल नचोरे कसरी ति नानी,बाबुलाई दिन दिनै गुलियो किनेर लग्न सक्छन यदि लगेन भने रुवाबासी चल्छ। कसरी पाल्न सकुन?,स्कुल पढाउन पर्यो कोठाभारा तिर्न पर्यो,रासनको खर्च ब्यहोर्न पर्यो ,श्रीमतीलाई लालि,पाउडर,रङ्गी,विरङ्गी सिन्दुर, चुरापोते,किन्दिन पर्यो अनि कसरी धान्न सकुन, दश बाह्र हजार तलब विच बाटोमा अाउन नपाउदै सकिन्छ अनि कसरी पाल्छन् परिवार महंगी बढेको छ,विचरा ड्राईभर दाई प्रधानमन्त्रीकै तेल चोर्न पुगेछोै धन्य तिमिलाई नडराउ ..मज्जाले तेल चोरेर खाउ…..

कोहिले सुन चोरेर खाए तातोपानी लगाउन सकेनन,अध्ययन गरे अनुसन्धान गरे कत्ता गरे के के गरे अड्डा,अदालत गए खै जस्ताको तस्तै राता राता गाला,गर्धन,बनाए पेट उकुसमुकुस बनाए अझैँ मोैलाउदै अाए रसिला देखिने भए ..

अरुको कुरा छाड्देउ ड्राईभर दाई, देश लुटेका छैनोै फेरी गरिवको तेल चोरेको छैनोै बाच्नको लागि बचाउनको लागि हात थाप्दा दिएनन तेल चोरेउ के विगारेउ र त्यो पनि प्रधानमन्त्री को गाडी बाट चोरेउ, सरकारी तेल चोरेउ, तिन तोला सम्पतीबाट चोरेको हैनोैँ क्यार! यदि प्रधानमन्त्रीको भएको तिन तोला सुन चोरेको भए तिमिलाई कारबाहि हुन सक्थ्यो तर तिम्लेत सरकारी फ्रि तेल चोरेका छोैँ नडराउ ड्राईभर दाई ..खाउ ..मज्जाले, तेल चोरेर खाउँ ……

यहाँ एकसय एक चोर छन देखेर नदेखे झ‌ै गर्छन मिलोमतोमा मिलाउछन जब कुरा मिल्दैन अनि फलानो चोर भन्छन यहि त हो सिक्दै देख्दै,भोग्दै अाएको कुरा,के भो त ?कहाँ बाह्र हजार कहाँ लाखको हारा हारी कमाउछन भिन्नता यहि हो र चोर्न पर्ने बाध्यता पनि यहि हो विचरा तिमी ड्राईभर बाह्र हजारमा काम गर्छोै ।

यहाँ खुलेर म खलासी हु भन्ने प्रधानमन्त्री को तलब झण्डै लाखको नजिक पुग्छ भने तिम्ले तेल नचोरे र सुन चोर्न जाने कि के चोर्ने? चोर मज्जाले चोर तिम्रो सम्मान गर्छन तिमी ड्राईभर होैँ,गुरजी होैँ …नाम अनुसारको काम र काम अनुसारको दाम हुनुपर्यो …

यहाँ दिन भरि स्ट्रिङ हाक्नेलाई बाह्र हजारमा काम लगाउने अनि घुम्ने कुर्सी शक्ति शालि कुर्सीमा बसेको भरमा मिठा मिठा टुक्का चुडकिला भनेको भरमा तिमिलाई सिधै माफि दिईन्छ म खलासि हु भन्ने प्रधानमन्त्रीले एक लाख तलब खादा तिमी ड्राईभरलाई किन न्युन तलब के तिम्रो परिवार छैनन् बाल बच्चा छैनन् ? उनिहरु देशको ढुकुटी बाट मोज गर्दा हुन्छ तिम्लाई अलिकति तेल चोर्दा यस्तो बदनाम अब सबै सरकारी गाडीको तेल चोर कसैले कारबाहि गर्न अाए भने भन्देउ खलासिको तलब एक लाख छ मेरो बाह्र हजार कसरी गरु रोजि रोटी? कसैको हिम्मत जुट्ने छैन ब्यक्तिको नचोर, सरकारको चोर नडराउ …
मज्जाले तेल चोरेर खाउ…..

कोहि खुल्ला कोकिन ड्रग्सको कालो धन्दा गर्छन,कोहि मान्छे तस्कर गर्छन कोहि जडिवुटी तस्कर गर्छन यि सबै चोर हुन यिनलाई भनिन्छ चोर, जङ्गल चोरेका छन अागो लगाएका छन नेपाल बाट भारत चोर्दै वेच्दै गरेका छन तिनिहरुले अवैध काठहरु चोरेका छन,ठुला धन्दा ठुला चोर देख्दैनन् तर तिम्ले अलिकति केहि लिटर तेल चोरेउ,के विगारेउ र ? छोरा छोरी पाल्न श्रीमती पाल्न रोजी रोटीको लागी प्रधानमन्त्रीको गाडीबाट तेल चोरेउ चोर दाजु मज्जाले चोर ट्याङ्कर खाली हुने गरी चोर …नडराउ तेल चोरेर मज्जाले खाउ..हासेँर बाच र बचाउँ…

कारबाहि को डर नमान देश चोरेका छन बैङ्क चोरेका छन लुटेका छन ढाटेका छन बदनाम गरेका छन भष्ट्रचार गरेका छन तिमिले कहाँ चोरेको हो र? ड्राईभरको नाताले दुईचार लिटर झिकेका होै कहाँ अपराध गरेका छोै र? ढुक्क होै ड्राईभर दाई तिमिलाई कसैले कारबाहि गर्ने छैन ढुक्कले भन्देउ चोरेको हैन झिकेको गाडीबाट निकालेको श्रीमती पाल्न सकिन, छोरा छोरीको स्कुल फि तिर्न सकिन,खुलेर भन्देउ चोरेको हैन झिकेको भन खाउ नडराउ.. तेल चोरेर मज्जाले खाउ …..

कुनै नोैलो विषय हैन तिम्ले प्रधानमन्त्रीको गाडीबाट चोरेउ ।कोहिले तेलको ट्याङ्कर वुलेट नै गायब गर्छन भन्देउ तिस लिटर चोर्नेलाइ कारबाहि हैन सम्मान माग, सक्छन भने वुलेट ट्याङ्कर गायब गर्नेलाई कारबाही गरुन ढुक्कले बस ड्राईभर दाई समाते भने भन्देउ पहिला ग्यास पेट्रोल र तेल को बुलेट चोर्ने चोरहरुलाई कारबाहि गर भन ड्राईभरदाई नडराउ.. मज्जाले तेल चोरेर खाउ…..विन्दास जिवन विताउ..खाउ ..खाउ ..खाउ ..तेल चोरेर खाउ…

चोर्न पाए भनेर साझा बसको चोर्न नजाउ ति गरिव हुन,गरिवको सेवा गर सक्छोै भने सरकारी तेल चोर सक्दैनोै भने ति साधारण गरिवका ट्याक्सी माईक्रो बसका तेल नचोर यदि ड्राईभरदाई तिम्ले साझा बसको तेल चोरेउ भने ति गरिवको अात्मा रुन्छ त्यसैले सक्छोै सरकारी तेल चोर । के बाकी छ र? कहाँ खाली छ र? कहाँ चोख्खो छ र? प्रहरी प्रशासन, टेक्का पट्टा,ब्यापार ,राजनिती मालपोत, मन्त्रालय, विधालय, अस्पताल, संघसंस्था कहाँ छैनन चोर फटाहा डाका त्यसैले नडराउ ड्राईभर दाई चोर सरकारी तेल मज्जाले चोर छोरा छोरी श्रीमती अाफ्न्ता लाई खुसि बनाउ बास मज्जाले चोर नडराउ ..तेल चोरेर खाउ…

तिमि चोर्ने पहिलो ब्यक्ति हैनोैँ मलाई थाहाँ छ मेरो परिवारलाई थाहाँ छ मेरो समाजलाई थाहाँ छ,मेरो देशलाई थाहाँ छ यहाँ तेल चोर्ने ठुलो अपराध हैन मान्छेको सर्वश्व लुट्ने जिन्दगी वर्वाद गर्ने निरिह व्यक्तिहरुको थलो हो यो सुन चोर नुन चोर देश चोर ईज्जत चोर प्रतिष्ठा चोर चोर हरुको सुरक्षित स्थान हो नेपाल, सुरक्षित चोरहरु बस्ने ठाउँ यो यहाँ त्यसैले हामी परिचित भई सक्योै दक्षिणएसियाको भ्रष्टचार हुने देश भनेर रेकड भई सक्यो अनि सुन चोरको काण्ड सेलाउन नपाउदै तेल चोर कुन ठुलो कुरा भयो र हजार रुपैया चोरेउ होला तर यहाँ हजार लाख हजार करोड चोर्नेहरु खुसिहुदै बसेका छन ढुक्क होैँ ड्राईभर दाई नडराउ…तेल चोरेर मज्जाले खाउ……

यहाँ अस्मिता चोरिका छन,धन मन तन सबै चोरेका छन चोरहरुलाई कुनै कारबाहि छैन हुदा हुदा नावालक भर्खरै जन्मेको बच्चा चोरेका छन अब भन यहाँ को चोखो छन हेर्दा निर्दोश देखिन्छन तिमि त चोर मात्र हो यहाँ महाँचोर हरु छन चोरका प्रकृतीहरु फरक छन कोहि भुरा चोर छन,कोहि माछा चोर,कोहि साना माछा ,कोहि ठुला माछा फरक यति छ तिमि तेल चोर अरु देश चोर तर चोर सबै चोरै हुन त्यसैले नडराउ ड्राईभर दाई प्रधानकन्त्रीको गाडी बाट मज्जाले तेल चोरेर खाउ….

चोर्नु चोरे, थाहाँ नहुने गरि चोरे अचम्म बनाएर चोरे, अवार्ड चोरे, विधुत चोरे ,तार चोरे ,भए जति सबै चोरे, पाधिकरणले विधुत चोरे डक्टरहरुले किडनी चोरे सांसदले घडी चोरे राजाहरुले सुनको मुर्ति चोरे अफिसका कर्मचारीले कमप्युटर चोरे,दलालहरुले सम्पती चोरे,माया गर्नेहरुले मन चोरे,..कहाँ चोख्खो छन र? ड्राईभरदाई त्यसैले नडराउ..मज्जाले तेल चोरेर खाउँ …

अापतकालिन प्रकृतिक प्रकोपमा अाएको अरुले दिएको त्रीपाल चोरे, जस्तापाता चोरे
धरहराको ईटा धरि चोरे,भने अब कहाँ के बाकि रह्योर चोर्न,हुदा हुदा ग्रलफेन्डका पास्पोर्ट चोरे
पिन नम्बर चोरे खाताको रकम चोरे, लगाएको जाकेट चोरे भए जति सबै चोरेका छन चोर्दै छन अनि तिम्ले जाबो तेल चोर्दा किन डराउछोैँ नडराउँ ड्राईभर दाई …मज्जाले तेल चोरेर खाउ…

सक्छोै भने सभामुखको गाडीबाट नी चोर राष्ट्रपतिको गाडीबाट पनि चोर,चोरेको पाप पखाल्न गरिवको सेवा गर बास धर्म कर्म पुन्य सबै मिल्छ तर सरकारी तेल चोर्न नछाड।

त्यो तेल हैन जनताको पसिना हो कसले भन्छ तेल तेसलाई अाफु मरेर बचाएको सम्पती हो पसिना हो त्यसको सदुपयोग हुन सकेन त्यो जनताको पसिना हो मजदुरको रगत हो त्यसैले ड्राईभर दाई तिमी मजदुर होैँ चोर अाफ्नै सम्पती हो सहि ठाउमा प्रयोग गर किन तिनिहरुलाई पसिनामा हुईकिन दिने सखाप हुने गरि रितो हुने गरि सबै चोरदेउ, हिजो चोर्न सिकाउने हरु तिनै हुन अाज किन पन्छिन् खोज्छन त्यसैले डराउनु पर्दैन ड्राईभरदाई त्यो तिम्रो पसिना हो हिस्सेदार छोैँ चोर्न जान्दैनोै भने झिक प्रयोग गर तर सधै गाडी रित्तो बनाएर राख्ने गर..नडराउ ..तेल चोरेर मज्जाले खाउ…



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।