इन्डोनेसियामा बाढी पहिरो, चारको मृत्यु, हजारौँ विस्थापित
जाकार्ता, २१ फागुन । बाढी पहिरोका कारण इन्डोनेसियाको सुमात्रा प्रान्तको पश्चिमी क्षेत्रका चार जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् ।
लिमापुलुह कोटा जिल्लाको कोटो आलम गाउँमा भारी वर्षापछि आएको बाढी पहिरोले सञ्चार सेवा अवरुद्ध पारेको जिल्ला प्रकोप व्यवस्थापन निकायका अप्रेसन प्रमुख नासृयन्तोले जानकारी दिनुभयो । उहाँले अरु दुई जना घाइते भएको पनि शनिबार बताउनुभयो ।
“बाढी पहिरोले आठ ओटा सवारी साधन बगाइदिएको छ, सवारी साधनसँगै बगेका चार जनाको शव धेरै टाढाबाट नियन्त्रणमा लिन सफल भइएको छ,” उहाँले भन्नुभयो ।
नासृयन्तोले थप्नुभयो, “अरु सवारी साधन अझै पनि हिलोमाटो र ढुङ्गाले पुरिएको अवस्थामा छन्, ती सवारी साधनभित्र पनि अरु पीडित रहेका हुन सक्छन् ।”
बाढी पहिरोले हजाराँै स्थानीय बासिन्दालाई आफ्नो घर छाड्न बाध्य बारेको उहाँले बताउनुभयो । तर विस्थापितको स्पष्ट तथ्याङ्क भने आपूmलाई प्राप्त भइनसकेको उहाँको भनाइ थियो ।
इन्डोनेसियामा बेलाबेलामा आउने यस्ता बाढी पहिरोले धेरै जनाको मृत्यु हुने गरेको छ भने ठूलो मात्रामा धनसम्पत्तिको नोक्सानी हुने गरेको छ । रासस÷सिन्ह्वा


