‘श्रीमानले विदेशबाट पठाएको पैसा फजुल खर्च गर्थें तर गलत रहेछ !’

दिपा आचार्य

म, श्रीमान अनि दुई जना छोरीसहित मेरो ४ जनाको परिवार । श्रीमानले नेपालमै केही काम गरेर यतै केही गरौं भन्ने पनि सोच्नुभएको थियो । तर काम गर्दा पनि पैसा बचाउन सक्नुभएन । त्यसैले उहाँ मलेसिया जानुभयो ।

उहाँ विदेश गएदेखि म छोराछोरीलाई लिएर रुपाकोट मझवागढी नगरपालिकाको वडा नम्बर १ मा बसिरहेको छु । मेरो श्रीमान वैदेशिक रोजगारमा गएपछि ऋण काडेर गएको हुनाले ऋण तिर्नतिर लागिउँ । ऋण तिरिसकेपछि त पैसा किन चाहियो जस्तै लाग्यो मलाई । त्यसैले महङ्गो कपडा र छोराछोरीलाई धेरै खर्च गर्न थालें ।

उनीहरुले जे खान्छु भनेपनि किन्दिन्थें अनि जति पैसा मागेपनि दिन्थें । खान लाउन त हो नि जस्तो लाग्थो । पैसाको महत्व थाहा थिएन । करेसामा रोप्दा पनि हुने तरकारी पनि किनेरै खान्थें । तर यो फजुल खर्च रहेछ ।

यो कुरा मैले बाल सेवा समाजकी सामाजिक परिचालक कमला खतिवडालाई भेटेपछि थाहा पाएँ । उहाँसँग कुरा गर्दै जाँदा बचत गर्न जानेको रहेनछु । मैले गरिरहेकै साना साना खर्च जोगाएर बचत गर्न सकिने रहेछ भन्ने थाहा पाएँ । उहाँकै सल्लाहमा वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि छोराछोरीलाई उनीहरुले मागेपिच्छे दिने पैसा खुत्रुके किनिदिएर त्यसमा हाल्न लगाउन थालें ।

उनीहरुले पनि अहिले त २० रुपैयाँ दियो भने ५ रुपैयाँ खर्च गरेर १५ रुपैयाँ खुत्रुकेमै हाल्छन् । अहिले छोरीले ६ हजार रुपैयाँ र छोराले ३ हजार रुपैयाँ जम्मा गरेका छन् । उनीहरुले जम्मा गरेको पैसा अहिले सहकारीमा जम्मा गरिदिएको छु ।

मैले पनि आफूसँग भएको पैसा गाउँमा ब्याजमा लगाएको थिएँ । तर यो ठिक होइन रहेछ भन्ने वित्तीय साक्षरता कक्षामा पुगेपछि थाहा पाएँ । त्यसैले बैंकमा जम्मा गर्न थालेको छु । विदेश गएका श्रीमानले पनि पहिले त हुण्डीबाट पठाउनुहुन्थ्यो तर वित्तीय साक्षरता कक्षामा कुरा बुझेर उहाँलाई बताएपछि उहाँले अहिले बैंकमा पठाउन थाल्नुभएको छ ।

श्रीमान विदेश गएपछिको आम्दानी र खर्चको विवरण नराख्दा कति पटक घरमा झगडा पनि भएको थियो तर अहिले त हिसाबकिताब राखेको छु । यही कक्षामा बसेपछि मैले आफू पनि सक्षम हुनुपर्ने रहेछ भन्ने कुरा थाहा पाएँ । त्यसैले कुकको तालिम पनि लिएकी छु । श्रीमान विदेशबाट घर फर्किएपछि होटल गर्ने योजना बनाएकी छु ।

वैदेशिक रोजगारीले केही काम सुरु गर्न सहयोग गरेपनि यो सँधैका लागि पक्कै होइन । त्यसैले भविष्यमा नेपालमै केही गर्ने सोचेर मैले तालिम लिएको हुँ । यी सबै वित्तीय साक्षरता कक्षाले नै सम्भव भएको हो ।

(प्रस्तुती : कमलादेबी खतिवडा, वित्तिय साक्षरता सहजकर्ता–बाल सेवा समाज नेपाल, नेर्पा खोटाङ – साभारः ब्लाष्टखबर)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।