धनकुटा नगरमा मेयरका लागि माओवादीका ८ आकांक्षी, आफ्नो श्रीमान् र श्रीमती उप–मेयर हुनुपर्ने माग
धनकुटा खबर, बैशाख १७ । धनकुटाको स्थानिय ७ तह मध्ये सबैभन्दा महत्वपूर्ण तह मानिएको धनकुटा नगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्रमा ८ जनाले दाबी गरेका छन् ।
मुलका ठूला दल काँग्रेस,एमाले मा समेत २ ब्यक्ति भन्दा बढीको नाम नआएको सन्दर्भमा यो पद धनकुटाबाट निर्वाचनमा भागि दिने १७ कृयाशिल दलहरुमा सबैभन्दा बढी हो ।
अझ रोचक कुरा के छ भने कतिपय उमेद्वारहरुले आफू मेयर पद र आफ्नो श्रीमान् वा श्रीमतीलाई उप–मेयर उमेद्वारका लागि अगाडि सारेका छन् ।
मेयर पदका लागि दाबेदार पदमा डम्बर सुब्बा, गणेश बिष्ट, गंगाराम गोमदेन, सुन्दरबाबु श्रेष्ठ, बिष्णुमायाँ कन्दङ्वा, हेमचन्द्र राई, कसुम कमारी श्रेष्ठ(जुली) र नारायण बिश्वकर्मा रहेका छन् ।
त्यस्तै उपमेयर पदमा मेयरका आकांक्षी कुसुम श्रेष्ठकी श्रीमान् नयन् श्रेष्ठ र नारायण बिककी पत्नी रेजिना हिङ्माङ रहेका छन् ।
उप–मेयरका अन्य पदाधिकारीहरुमा सिताराम श्रेष्ठ,सर्मिला राई र पुन्य प्रसाद खतिवडा रहेको माओवादी श्रोतले जानकारी दिएको छ ।


