सन् १९९० को दशककी चर्चित नायिका मनिषाको यस्तो रुप, कसरी विश्वास गर्ने ?

‘डियर माया’बाट बलिउडमा मनिषाको कमब्‍याक

एजेन्सी : सन् १९९० को दशककी चर्चित नायिका मनिषा कोइराला बलिउडमा पुनः कमब्‍याक गर्दैछिन्। निर्देशक इम्तियाज अलीको असिस्टेन्ट सुनैना भटनागरको फिल्‍म ‘डियर माया’बाट मनिषा बलिउडमा कमब्‍याक गर्न लागेकी हुन्।

‘डियर माया’ को ट्रेलर भर्खरै सार्वजनिक गरिसकिएको छ। जसमा मनिषाको रुपान्तरित रुप देखाइएको छ। फिल्‍ममा दुःखी र वृद्ध महिलाको रुपमा देखा परेकी छिन्। यस्तै उनी संजयदत्तको बायोपिकमा समेत देखिने भएकी छिन्।

सन् २०१२ मा पाठेघरको मुखको क्यान्सरकी सिकार भएकी उनी ६ महिना उपचारको लागि अमेरिका गएकी थिइन्। क्यान्सरमुक्त भएपछि पहिलो पटक फिल्‍ममा आउन लागेको भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन्।

सन् १९४२ मा दमदार लभ स्टोरी सौदागर तथा बम्‍बै लगायतमा काम गरिसकेकी मनिषालाई अचानक सन् २०१२ मा क्‍यान्सरले समातेको थियो। उनले क्‍यान्सरसँग लामो समय संघर्ष गर्नु परेको थियो । अहिले भने क्यान्सर मुक्त भएर मनिषा स्वास्थ्य छिन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖