मेसीमाथिको प्रतिबन्ध फुकुवा

जुरिच (स्विट्जरल्यान्ड), २२ वैशाख । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोनाका प्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीमाथि लगाइएको चार अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध शुक्रबारबाट हटाएको छ ।

विश्वकप छनौट चरणको खेलअन्तर्गत गत हप्ता चिलीसँग मार्चमा भएको खेलमा ‘विश्व फुटबल स्टार’ मेसीले सहायक रेफ्रीलाई धम्क्याएको भनी उहाँमाथि चारवटा अन्तर्राष्ट्रिय खेल खेल्नमा फिफाद्वारा नै प्रतिबन्ध लगाएको थियो ।

फिफाको पुनरावेदन समितिले मेसीमाथि कारबाही गर्ने प्रशस्त आधार नभेटिएको भन्दै यसअघि फिफाद्वारा नै लगाएको प्रतिबन्धलाई फुकुवा गरिदिएको हो ।

फिफाद्वारा लिएको पछिल्लो निर्णयले अर्जेन्टिनाको आगामी वर्ष रसियामा हुने विश्वकप फुटबलमा खेल्न जान पाउने आशालाई बल पु¥याएको छ ।

प्रतिबन्ध फकुवापछि अर्जेन्टिनी फुटबल प्रमुख अरमान्डो परेजले मेसीले चिलीसँगको खेलका क्रममा केही गल्ती गरेको भए पनि फिफाद्वारा लगाइएको प्रतिबन्ध असङ्गतपूर्ण थियो । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖