‘बाहुबली टु’ हेर्नबाट पूर्व शाही खानदान पनि अछुतो रहेन, सासू र छोरीसहित हिमानी पुगिन हलसम्म (भिडियो सहित)

पूर्व युवराज्ञी हिमानी शाह सासू कोमल शाह र छोरी पूर्णीकासँग ‘बाहुबली टु’ हेर्न हलसम्म पुगेकी छिन् ।

शुक्रबार बेलुका विकेन्ड मनाउने हिसाबले हिमानी सुन्धारास्थित सिटिसी मलमा उक्त फिल्म हेर्न पुगेकी हुन् ।

विश्वव्यापी रुपमा निकै चर्चा बटुलिरहेको उक्त फिल्मको नेपालमा पनि ठूलै क्रेज छ । यसबाट पूर्व शाही खानदान पनि अछुतो रहन सकेन ।

फिल्म हेर्न उनीहरुले पूरै शो नै बुक गरेका थिए वा अन्य दर्शकसँगै बसेर फिल्म हेरे त्यो भने स्पष्ट हुन सकेको छैन ।

पूर्व शाही परिवार फिल्म हेर्न हलसम्मै पुगेको खबर योभन्दा पहिले सार्वजनिक भएको छैन ।

विश्वभरी ९ हजार स्क्रिनमा गत शुक्रबार रिलिज भएको यो चलचित्रले एक हप्ताभित्रै ८ सय ६० करोड भारुको कमाई गरेसँगै भारतीय सिनेमाको नम्बर १ ‘ब्लकबस्टर’ बनेको छ ।

हेर्नुहोस् एक भिडियो रिपोर्ट

https://youtu.be/fzxSYMjCSNU



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।