महिलालाई दिइँदैछ उठेरै पिसाब गर्ने तालिम !

एजेन्सी, महिलाहरुका लागि सार्वजनिक शौचालयको प्रयोग साँच्चीकै कष्टकर हुन्छ । सार्वजनिक शौचालय फोहोर हुने हुनाले बसेर पिसाब फेर्नुपर्ने महिलाका लागि संक्रमण तथा जिउमा फोहोर लाग्ने जोखिम हुन्छ । त्यसैले धेरै महिलाहरु सार्वजनिक शौचालयमा पिसाब नगरी पिसाब रोकेरै बस्न जाती मान्छन् ।

महिलाहरुको यो समस्यालाई ध्यानमा राख्दै अष्ट्रेलियाको ग्रिन पार्टीले महिलाहरुलाई उठेर पिसाब फेर्ने तालीम दिँदैछ ।

समाचार अनुसार एउटा विशेष खालको सामानको सहयोगले महिलाहरुले उठेरै पिसाब फेर्न सक्दछन् । सोही विशेष किट कसरी प्रयोग गर्ने भन्ने तालीम ग्रिन पार्टीले दिइरहेको छ ।

यो सामान नली आकारको हुन्छ । जसलाई महिलाहरुले आफ्नो मुत्रांगमा राखेर पिसाब फेर्न सक्दछन् । यसरी फेरेको पिसाब उक्त नली हुँदै ट्वाइलेट सम्म पुग्दछ । प्रयोग गरिसकेपछि यो नलीलाई फ्याँक्न सकिन्छ । यो नलीको प्रयोगपछि महिलाहरुलाई फोहोर शौचालयमा पिसाब गर्नका लागि समेत बस्नुपर्ने बाध्यता हुनेछैन ।

विज्ञहरुका अनुसार लामो समयसम्म पिसाब रोक्नुपर्ने बाध्यताका कारण विश्वका करोडौँ महिलाहरु मूत्रनलीको संक्रमणबाट ग्रसित हुने गर्दछन् । यदि महिलालाई उठेरै पिसाब गर्न मिल्ने उक्त नलीलाई कम मूल्यमा उपलब्ध गराउन सकियो र यसको प्रयोग व्यापक बनाइयो भने महिलाहरुमा युटीआइको समस्या निकै कम हुने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।