यस्तो छ डायनोसरबारे रोचक तथ्‍य…

एजेन्सी: प्राय हामी डायनोसरबारे जति थाहा पाएका छौ, त्‍यो सबै ‘जुरासिक पार्क’ फिल्मका कारण थाहा पाएका छौ। संसारकै सबैभन्दा दर्लभ प्राणी करोडौं वर्ष पहिले पृथ्वीबाट लुप्त भइसकेका छन्। संसारका फरक फरक विशेषज्ञ एवं खोजकर्ताले भने डाइनोसर अहिले पनि जिउँदै रहेको बताउँदै आएका छन्। तर यसको प्रमाण भने उनीहरुले दिन सकेका छैनन्। डाइनोसोरबारे रोचक तथ्‍य यस्तो छ ।

१. डायनोसर पृथ्वीको अस्तित्वको मध्‍यकालतिर अर्थात १५० मिलियन वर्ष पहिले नै जिउँदो बस्‍ने गर्दथे ।

२. डायनोसरको जीवन काल करीब २ सय वर्षको हुने गर्दथ्यो । तर यसको ठोस प्रमाण भने कसैसँग पनि छैन।

३. वैज्ञानिकका अनुसार केही डायनोसर शाकाहारी र केही मांशाहारी हुने गर्दथे । यसका साथै केही भने दुई खुट्टाबाट हिड्‍ने त कोही चार खुट्टाबाट समेत गर्दथे। त्यति मात्रै नभएर केही डायनोसरले भने आवश्‍यकता अनुसार दुई वा चार खुता बनाएर हिड्‍ने गर्दथे ।

४. डायनोसरको पुच्छरले भाग्‍ने समयमा उसलाई मद्दत पुर्‍याउने काम गर्दथ्यो। तर कुनैको पुच्छर भने ४५ फिट लामो हुने गर्दथ्यो।

५. यस्तै कुनै डायनोसर विशाल ठूलो हुने गर्दथ्यो भने कुनै प्रजातिको डायनोसरको आकार मानिसको जत्तिकै हुने गर्दथ्यो।

६‍. जसरी पंक्षीले आफ्नो अण्डाको लागि गुड बनाउने गर्छ त्यसरी नै डायनोसरले पनि अण्डाको लागि गुड बनाउने गर्दथ्यो।

७‍‍. खासै प्रमाण त वैज्ञानिकसँग पनि छैन तर उनीहरुका अनुसार आज भन्दा पहिले ६५‍.५ मिलियन वर्ष पहिले मेक्सिकोको एउटा खगोलीय पिण्डसँग ठक्करका कारण डायनोसरको वंश नाश भएको थियो।

८. डायनोसरको जीवाश्‍मा सबैभन्दा पहिले १९ औ शताब्दीमा भेटिएको थियो तथा डायनोसर कंकाल संसारको संग्रहालयमा सबैभन्दा बढी आकर्षण बनेको छ।

९. सायद तपाईलाई थाहा छैन होला संसारमा सबेभन्दा बढी विक्री हुने किताब डायनोसरमा आधारित हो। डायनोसरमा आधारित फिल्म ‘जुरासिक पार्क’ पनि धेरै लोकप्रिय भयो जसले संसारभर डायनोसरको बारेमा जानकारी दिन सफल भयो र जिज्ञासा बढाइदियो।

१०. भनिन्छ, डायनासोरले ठूल्ठूलो ढुंगा समेत सजिलै निल्‍ने गर्दथ्यो। साथै उनले उक्त ढुंगाको माध्‍यमबाट खाना पचाउने काम गर्दथ्यो।

११. त्यति ठूलो विशालकाय वयस्क डायनोसरको दिमाग भने बालक भन्दा पनि सानो हुने गर्दथ्यो।

१२. डायनासोर लगभग १५ करोड वर्षसम्म पृथ्वीमा बस्‍यो भने मानिसको भेट मात्र ०.१ प्रतिशत थियो।

१३. जसरी सर्प र छेपारोले आफ्नो छालाको रंग फेर्ने गर्छ। त्यसरी नै डायनासोरले पनि आफ्नो शरीरको छालाको नाम फेर्ने गर्दथयो।

१४. सबैभन्दा लामो डायनासोर अमेरिकामा बस्‍ने गर्दथ्यो जसको लम्बाइ २७ मीटर हुने गर्दथ्यो। तर सबैभन्दा सानो डायनासोरको लम्बाइ भने ४ इन्च थियो र उसले कीरा खाएर आफ्नो जीवन धान्‍ने गर्दथ्यो।

१५. डायनासोर लगभग २० माइल घण्टाको रफ्तारमा दौड्न सक्दथ्यो भने यसमा उसले १ पाइलामा १५ फिटको दूरी पार गर्ने गर्दथे।

१६. डायनासोरको अण्डा टेनिस बलको आकारदेखि फुटबलको आकारसम्म हुने गर्दथ्यो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।