निर्वाचनको मुखैमा धुर्मुसको यस्तो भाबुक सन्देश…
हास्य कालाकार सिताराम कट्टेल ‘धुर्मुस’ले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा भावुक र चेतनायुक्त सन्देश दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धुर्मुसले समृद्ध सहरका तस्वीर राख्दै काठमाडौंलाई यति त्यस्तै बनाउनुपर्ने बताएका छन ।
‘धुर्मुस’ लेखेका छन्– तपाईं हामिले कल्पना गरेको काठमाण्डौ र काठमाण्डौभित्रका सम्पदाहरु अब यस्तै बन्नु पर्छ । र बनाउन सम्भव पनि छ । त्यो अब तपाईं हामीले चुन्ने उम्मेद्वारमा भरपर्छ । अब यस्तै काठमाण्डौ बनाउने कि अहिलेको धुलोधुवा अनी अव्यवस्थित काठमाण्डौ मै रमाउने ? त्यो तपाईं हाम्रो हातमा छ । भोलि बैशाख ३१ गते सही उम्मेद्वारलाई मतदान गरौ । स्थानिय निर्वाचनको सबैलाई शुभकामना !! ‘राष्ट्र निर्माण तपाईं हाम्रो अभियान’ ।



